शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हास्य कलाकार ‘जिग्री’ केपी ओली भिडने

बुधवार , भाद्र १५, २०७९

काठमाडौं,१५ भदौ –चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ आफु उम्मेदवार बन्ने नबन्ने निर्णय नभएपनि बन्न सक्ने सम्भावन धेरै भएको उनले सुनाए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया