शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजसुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलामा ?

बुधवार , भाद्र १५, २०७९

काठमाडौं,१५भदौ – नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो । आज सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला पन्ध्र रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया