शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ओरालो लाग्यो सुनको , चाँदीको कति

आइतवार , भाद्र १२, २०७९

काठमाडौं , १२ भदौ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो । आज सुनको मुल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला पन्ध्र रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया