शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका हायुलाई एकपछि अर्को अन्तर्राष्ट्रिय पदक

शुक्रवार , भाद्र १०, २०७९

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारका भुवन हायुले एकपछि अर्को अन्तर्राष्ट्रिय पदक पाउनुभएको छ । भुटानमा भएको पाँचौँ दक्षिण एसियाली किकबक्सिङ च्याम्पियनसिपमा हायुले स्वर्ण पदक पाउनुभएको हो । भुटानको फुङ्सोलिनमा भएको च्याम्पियनसिपमा हायुले ६० केजीतर्फ स्वर्ण पदक जित्नुभएको छ । उहाँले बंगलदादेशका खेलाडीलाई पराजित गर्नुभएको थियो । हायु सहित नेपालबाट छ जनाले स्वर्ण पदक जितेका छन् ।

सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शिवानी श्रेष्ठले खुला तौलको फाइनलमा भुटानीलाई अंकका आधारमा हराएर स्वर्ण जित्नुभयो । उहाँ उत्कृष्ट खेलाडी पनि हुनुभयो । त्यस्तै, च्याम्पियनसिपमा ५४ केजीमा स्वर्ण जितेका कविन देशार पुरुषतर्फ उत्कृष्ट हुनुभएको छ । मुकेश लुइँटेलले ६२ केजी, जयराम ब्लोनले ६४ केजी र दलबहादुर घले ७२ केजी तौलमा स्वर्ण जितेका थिए ।

यसअघि, बंगलादेशमा भएको एसियन च्याम्पियनसिप छनोटमा हायूले स्वर्ण पदक जित्नुभएको थियो । छनोट खेलमा सातवटा देशका खेलाडीबिच भएको कराँते प्रतिस्पर्धामा चारजनालाई छनोट गरिएकोमा हायूपनि विजेता बन्नुभएको थियो । उहाँ केहि महिनामा एसियन च्याम्पियनसिपकालागि सिंगापुर वा थाइल्याण्ड जानुहुनेछ । एसियन च्याम्पियनसिपको खेल कहाँ हुने भनेर हालसम्म नतोकिएको हायूले बताउनुभयो । त्यस्तै, गत असारमा आसिहारा दक्षिण कराँते च्याम्पियनसिपमा हायूले स्वर्ण पदक जित्नुभएको थियो । दक्षिण एसियाबाट दुईजनामात्र खेलाडी सहभागि हुने वल्र्ड च्याम्पियनसिपकालागि हायू र ओखलढुंगाका दलबहादुर घले इटालि जाने हायूले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया