लेखकः बबिन गौतम
हे मरिण तिमी त मेरो लागि अन्जान थियौँ ,
नजिक आएर नियाल्दा पो थाहा भयो तिमी त मरिणठाकुर
सुनन अनि भनन तिमी किन पुजिन्छौँ,
ठाकुर भनिदेउन तिमिले मलाई यहाँ किन बोलायौँ।।
भनिदेउन तिमी र म अनि म र तिमी को सम्बन्ध,
खोइ तिमीले बोलायौ पनि येस्तो दिनमा कि ,
जुन दिन गुरु र शिष्य को अनन्त प्रेम हुने दिन ।।
ठाकुर बताइदेउन हाम्रो पनि कुनै युगमा प्रेम थियोकी ,
तिमी किन यति निस्टुरी बोलाउदा पनि नसुने झैँ
आफ्नै पारामा सुसाउदैँ हिडिरहेछौँ ।।
के तिमी र म अनि म र तिमी बिचको समन्ध यतिमात्र हो र
के तिमी एक छिन पनि पर्खन सक्दैनौ,
आउन बस एकछिन त तिमी अनि म सँगै बसेर,
केही छिन माया प्रेम अनि निस्वार्थ भाब का गफ गरौ ।।
हुनत तिमिलाइ पनि हतार होला कुनै सागरमा मिल्न,
अनि मलाई हतार तिमी भित्रको सागरमा मिल्न ।।
तिमी अरुनै सागर अनि म तिमी भित्रको सागर,
कहाँ छौ ठाकुर म त तिमी दिनहुँ यात्रा गर्ने
दोबाटोमा रहेको तै गुप्तेस्वर गुफा मा पर्खीरहेछु ।।
के तिम्रो र मेरो भेट अधुरै हुने हो र ?
हुन त तिमी अनि म मा धेरै फरक छ ,
तिमी तत्व खोज्दै हिनेका पन्चतत्व लाई सागर लग्छौँ ।।
अनि म तत्व खोज्दै पन्चतत्वको सागरमा मिल्छु
ठाकुर एउटा प्रस्न छ तिमिसँग ,
मात्र एक पल्ट सोधिदेउन तिम्रो सागरलाई
तिम्रो सागर आफैँ भेट्न आउँछ कि म तिम्रो सागर खोजु
अनि आफै भेटेर सोद्न मन छ मरिण तिमीसग के साचै हाम्रो माया बसेको हो र ।
माया नै थियो भने किन आकासलाइ चिच्याउन लाउछौँ
अनि बादललाइ रुन
अनि फेरि सुन्छु तिमी तिम्रो छाल मा हास्दै हिँडेको
कि यो निस्टुरी हुनुको भाव हो
कहिले माया देखायौ त कहिले त्रास यो सब केको लागि
माया नै थियो भने अगाडि आएर प्रेम प्रस्ताव राख म निस्संदेह स्विकार्छु
घृणा नै गर्छौ भने पनि भन म तिम्रो अगि कहिलै पर्ने छैन
तिमी यति बुजक प्रकृति,
अन्जान को माया अजम्बरी हुन्छ भनेर
त्यसैले त म तिमी आउने बाटो डर त्रास भय नभनी पर्खिर्हेछु
प्रिय ठाकुर तिम्रो प्रेम को येस्तो दल दल मा यसरी फसेछु न म चिच्याउदा आकास ले सुन्ने सामर्थ्य राक्छ न बादल ले रोयेको नै देख्छ
अनि केहि समय तिमी पन्चतत्व सग लहराएको सुन्छु तब
मरिण तिमिलाइ हेर्न आतुर भयेर आउदा न तिमी मा म देख्छु न मेरो पन्चतत्व नै
आज एउटा जलारी दाइपनि तिम्रै आगनमा उभिएर भन्दै थिए माथिका घुम्तीहरु मा तिमी सुसायेका र गुप्तेस्वर मा सुसयेका नै आकास पातालको फरक छ
के साचै तिमी मेरो नजिक आउँदा फरक सुसाउछौँ र
के तिमिले प्रेम दर्साको होउ कि घृणा
तर पनि नजिक आएर सुन्दा लाग्छ तिमी र म अनि म र तिमिमा पकै प्रेम नै हुनु पर्छ
मात्र एक पल्ट सोधिदेउन तिम्रो सागरलाई
तिम्रो सागर आफै भेट्न आउँछ कि म तिम्रो सागर खोजु
अनि चिच्याएर भन्न मन छ ‘प्रेम नभएको भए हेरत आकास चिच्याइरहदा अनि बादल रोहिरहदा पनि
म त तिमी दिनहु यात्रा गर्ने सिन्धुलीको गाउँबेसि दोबाटोमा रहेको तै गुप्तेस्वर गुफामा मौन छु ।।
कि तिमी लजाएको मैले त तिम्रो यौवन हेरेर मन पराएको हैन मरिण मैले त तिमी लाई स्वार्थ रहित प्रेम गरेको हो
हुन त तिमी निस्टुरी नै हौ लाग्छ तिम्रा ती तत्व जुन
आकास चिच्याइरहदा अनि बादल रोहिरहदा पनि
मौन भयेर बगिरहेछन्
अझै पनि तिमी आउने आशामा तिमी दिनहु यात्रा गर्ने सिन्धुलिको गाउँबेसि दोबाटोमा रहेको तै गुप्तेस्वर गुफा मा मौन छु।।
मात्र एक पल्ट भनिदेउन मरिण के
मैले तिमिलाइ गरेको प्रेम नभए के थियो त
मात्र एक पल्ट सोधिदेउन तिम्रो सागरलाई
तिम्रो सागर आफै भेट्न आउँछ कि म तिम्रो सागर खोजु