शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, चाँदीको कति ?

शुक्रवार , श्रावण २७, २०७९

काठमाडौं, २७ साउन- शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया