शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुन–चाँदीको मूल्य

सोमवार , श्रावण १६, २०७९

काठमाडौं,१६ साउन - सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज अघिल्लो दिनको तुलनामा प्रतितोला दश रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया