काठमाडौँ,१५ साउन - साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ। शुक्रबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यता, आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार २३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार २२० रुपैयाँ कायम रहेको थियो ।