शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

बिहिवार , श्रावण १२, २०७९

काठमाडौं, १२ साउन - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

हिजो बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया