काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य पाँच रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार दुई रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार सात रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।