शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बुधबार बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधवार , श्रावण ४, २०७९

काठमाडौं,४ साउन -बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको हो। मंगलबार छापाबाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया