शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बुधवार , आषाढ १५, २०७९

काठमाडौँ १५ असार -साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया