शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आइतवार , आषाढ १२, २०७९

काठमाडौँ,१२ असार - नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। शुक्रबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया