शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहिवार , आषाढ ९, २०७९

काठमाडौँ, ९ असार- नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ। बुधबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया