शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतवार , जेठ २२, २०७९

काठमाडौं २२ जेठ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

यो पनि पढनुस

यस्तो छ आज जेठ २२ गते आईतवार विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ २० गते आईतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ९० पैसा र विक्रीदर १२४ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ११ पैसा र विक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ७९ पैसा र विक्रीदर १५६ रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ १६ पैसा र विक्रीदर १२९ रुपैयाँ ७९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र विक्रीदर ९९ रुपैयाँ ०९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३३ रुपैयाँ ९० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८९ पैसा र विक्रीदर १७ रुपैयाँ ९८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ८० पैसा र विक्रीदर १५ रुपैयाँ ८७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ ८० पैसा र विक्रीदर ४०६ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ६५ पैसा र विक्रीदर ३३० रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया