शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजपनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , जेठ २०, २०७९

काठमाडौँ,२० जेठ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर प्रति तोला ९८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया