शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

बुधवार , जेठ १८, २०७९

काठमाडौँ ,१८ जेठ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९७ हजार २ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया