कमलामाई नगरपालिकाको मेयरपदमा नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र पोखरेल र उपमेयरमा नेकपा माओवादीतर्फका दिर्घराज श्रेष्ठले अग्रता लिएका छन् । कमलामाई नगरपालिका १, २ र ३ नम्बर वडाको ३०७६ मत गणना हुदाँ नेपाली काँग्रेसतर्फका मेयरपदको उम्मेदवार पोखरेलले १५६९ मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेतर्फका मेयरपदका उम्मेदवार महेन्द्र देव श्रेष्ठले ९८० मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी तर्फका उपमेयरका उम्मेदवार दिर्घराज श्रेष्ठले १२७४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेतर्फका उपमेयरमा उम्मेदवार मन्जु देवकोटाले १०८० मत प्राप्त गर्नुभएको छ ।