शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल वैशाख ३१ गते शनिवारको राशिफल र मौसम

शुक्रवार , बैशाख ३०, २०७९

२०७९ वैशाख ३१ गते, शनिवार, १४ मे २०२२। वैशाख शुक्लपक्ष त्रयाेदशी तिथि, १४ः२० बजेदेखि त्रयाेदशी। चित्रा नक्षत्र, १६ः१५ बजेपछि स्वाती। चन्द्रराशि– तुला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन समेत कसिलो हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :-आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर, गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले अवसर दिलाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अवसर प्राप्त भए पनि परिस्थितिवश चिताएका काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको सहयाेग जुट्न सक्छ। अवसरका लागि केही लगानी गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि कर्जामार्फत धन जुट्नेछ। परिवारजनबाट टाढा भइनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम पनि हातलागी हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि जीवनशैली व्यस्त रहनेछ तर सोचेको उपलब्धि नहुन सक्छ। अरूका लागि उपयोग भइने सम्भावना छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। फाइदा उठाउन निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ।

तपाईँको दिन शुभ रहोस् ।

०७९ साल वैशाख ३१ गते शनिवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिनअनुसार

शनिवार दिउँसो :– प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती :– प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया