काठमाडौं - ०९ बैशाख नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ४ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।