शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सोमबार बढ्यो सुनको मूल्य

सोमवार , बैशाख ५, २०७९

काठमाडौँ, ५ वैशाख -साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँ पुगेको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया