शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

शुक्रवार , बैशाख २, २०७९

काठमाडौं , ०२ बैशाख - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया