२०७८ चैत्र २५ गते, शुक्रवार, ८ अप्रिल २०२२। चैत्र शुक्लपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : – बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : – सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : – तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : – पछिका लागि खर्चको जोहो गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। उधारोमा व्यापार हुन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : – पढाइ लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : – विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : – अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : – काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो स्थितिमा समेत केही काम बन्नेछन्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : – विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : – मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : – छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : – चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। काम राेकिनाले पारिवारिक असमझदारी देखापर्ने सम्भावना छ।
तपाईँको दिन शुभ रहोस् ।
०७८ साल चैत्र २५ गते शुक्रवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिनअनुसार
शुक्रवार दिउँसो :– प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली , बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
शुक्रवार राती :– प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।