शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य बढ्दा चाँदी चाहिँ घट्यो

मंगलवार , चैत्र २२, २०७८

काठमाडौं २२ चैत्र.-नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९८ हजार ८ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया