शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७८ साल चैत्र १९ गते शनिबारको राशिफल र मौसम

शनिवार , चैत्र १९, २०७८

वि.सं.२०७८ साल चैत्र १९ गते । शनिबार । ईश्वी सन् २०२२ अप्रिल ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–प्रतिपदा, मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–रेवती, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त अश्विनी । योग–ऐन्द्र, बिहान ०८ बजेर ५२ मिनेट उपान्त वैधृति । करण–बव, मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त बालव, रातको १२ बजेर १३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ११ बजेर ३४ मिनेट मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ०३ पला । निमको पात खाने, चोभारमा आदिनाथ स्नान, वत्सरारम्भ, तैलाभ्यङ्ग, भद्रकालीपिठलिङ्गोपतन, बैतडी गुजर बनारसी मन्दिर मा कोटिहोम मेला प्रारम्भ। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर आम्दानी बढे पनि सोखले खर्चको मात्रा समेत बढाउन सक्छ। अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांशमा कमी आउने देखिन्छ। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले आफ्नो वर्चस्व बढ्नेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र लाभ दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। केही उपलब्धि प्राप्त गर्न अर्काे वस्तु त्याग्नुपर्ला। कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राम्रो उपलब्धि हातलागी हुने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। मध्याह्नपछि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्राको साइत जुर्न सक्छ। गरेको कामले आशा जगाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। संघर्षमा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले भने समस्या निम्त्याउन सक्छ। हल्लाको पछि लाग्दा अलि दु:ख पनि पाइनेछ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ। मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आत्मविश्वासको कमीले काममा पछि परिनेछ। तापनि अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। परिस्थितिवश केही खर्च बढे पनि आफ्ना सूचना गाेप्य राख्नुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। मध्याह्नपछि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। तपाईँको दिन शुभ रहोस् ।

०७८ साल चैत्र १९ गते शनिबारको मौसम

 

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिनअनुसार

शनिबार दिउँसो :– प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार राती :–प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

प्रतिक्रिया