शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७८ साल चैत्र १२ गते शनिबारको राशिफल र मौसम

शनिवार , चैत्र १२, २०७८

वि.सं.२०७८ साल चैत्र १२ गते । शनिबार । ईश्वी सन् २०२२ मार्च २६ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–नवमी, बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा, दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त उत्तराषाढा । योग–परिध, बेलुकी ११ बजेर ४९ मिनेट उपान्त शिब । करण–तैतिल, बिहान ०९ बजेर १२ मिनेट उप्रान्त गर, बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु ,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सामाजिक सेवामा प्रवृत्त गराउनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अस्वस्थताले कमजोर अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपरे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सुरुमा राेकिएकाे काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। तर लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

तपाईँको दिन शुभ रहोस् ।

०७८ साल चैत्र १२ गते शनिबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

शनिबार दिउँसो :– प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

शनिबार राती :– प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया