काठमाडौं,०४ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ०४ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र विक्रीदर १३४ रुपैयाँ १८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र विक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ७१ पैसा र विक्रीदर १२९ रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र विक्रीदर ८९ रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र विक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ १९ पैसा र विक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ २० पैसा र विक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २४ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८४ पैसा र विक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९४ पैसा र विक्रीदर १८ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४७ पैसा र विक्रीदर १५ रुपैयाँ ५५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ १७ पैसा र विक्रीदर ४०० रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा र विक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ ।