शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका भलिबल टिम सेमिफाईनलमा प्रवेश

बुधवार , चैत्र २, २०७८

सिन्धुली– प्रथम वागमति प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा सिन्धुलीका भलिबल टिम सेमि फाईनलमा प्रवेश गरेका छन् । क्वाटर फाईनल खेल अन्तर्गत मकवानपुर सगँ भएको महिला भलिबल प्रतियोगितामा मकवानपुरलाई पराजित गरि सेमिफाईनलमा प्रवेश गरेका हुन् ।

सिन्धुलीले मकवानपुरलाई २–१ को सेटमा हराएको हो । मंगलवार रसुवा र ललितपुरलाई २–० को सोझो सेटमा पराजित गरि महिला भलिबल टोली क्वाटर फाईनलमा प्रवेश गरेका थिए ।

यस्तै, आज विहान भएको पूरुष टोलीको क्वाटर फाईनल खेल अन्तर्गत रसुवालाइ पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् । सिन्धुलीले रसुवालाई २–० को सोझो सेटमा हराएको हो । हिजो धादिङलाई २–० को सेटमा पराजित गर्दै पूरुष टोली प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका थिए ।

यस्तै, आज विहान भएको पूरुष टोलीको क्वाटर फाईनल खेल अन्तर्गत रसुवालाइ पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेका हुन् । सिन्धुलीले रसुवालाई २–० को सोझो सेटमा हराएको हो । हिजो धादिङलाई २–० को सेटमा पराजित गर्दै पूरुष टोली प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया