शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बुधबार बढ्यो डलरको भाउ

बुधवार , चैत्र २, २०७८

काठमाडौं,०२ चैत – नेपाल राष्ट्र बैंकले आज चेत ०२ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२२ रुपैयाँ २८ पैसा र विक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र विक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र विक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २९ पैसा र विक्रीदर १३० रुपैयाँ ९३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र विक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ०६ पैसा र विक्रीदर ९५ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रीदर ९९ रुपैयाँ ९० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र विक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ५९पैसा र विक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र विक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र विक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०७ पैसा र विक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ६२ पैसा र विक्रीदर १५ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०२ रुपैयाँ १७ पैसा र विक्रीदर ४०४ रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२४ रुपैयाँ ३५ पैसा र विक्रीदर ३२५ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया