शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य नाघ्यो तोलाको एक लाख

आइतवार , फाल्गुण २२, २०७८

काठमाडौं, २२ फागुन - नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ। आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

निरन्तर बढेको सुनको भाउ यो सातामै ५ हजार ३ सय रूपैयाँले बढेको हो। गत आइतबार ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो।

पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।

फागुन १५ छापावाल सुन प्रतितोला: ९६ हजार ६ सय तेजावी सुन : ९६ हजार १ सय असली चाँदीः १२९५

फागुन १६ छापावाल सुन प्रतितोला: ९८ हजार २ सय तेजावी सुन : ९७ हजार ७ सय असली चाँदीः१३४०

फागुन १७ छापावाल सुन प्रतितोला: ९७ हजार ६ सय तेजावी सुन : ९७ हजार १ सय असली चाँदीः १३३५

फागुन १८ छापावाल सुन प्रतितोला: ९९ हजार ५ सय तेजावी सुन : ९९ हजार असली चाँदीः १३७५

फागुन १९ छापावाल सुन प्रतितोला: ९९ हजार तेजावी सुन : ९८ हजार ५ सय असली चाँदीः १३८०

फागुन २० छापावाल सुन प्रतितोला: ९९ हजार ९ सय तेजावी सुन : ९९ हजार ४ सय असली चाँदीः १३८०

फागुन २२ छापावाल सुन प्रतितोला: १ लाख १ हजार ९ सय तेजावी सुन : १ लाख १ हजार ४ सय असली चाँदीः १४१५

प्रतिक्रिया