काठमाडौं,२२ फागुन – नेपाल राष्ट्र बैंकले आज फागुन २२ गते आइतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र विक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र विक्रीदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र विक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५५ पैसा र विक्रीदर ९० रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ५९ पैसा र विक्रीदर ९६ रुपैयाँ ०६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रीदर ८९ रुपैयाँ ९१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र विक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र विक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १० पैसा र विक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र विक्रीदर १२ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०० पैसा र विक्रीदर १८ रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५५ पैसा र विक्रीदर १५ रुपैयाँ ६२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ७४ पैसा र विक्रीदर ४०२ रुपैयाँ ७२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२४ रुपैयाँ ०२ पैसा रहेको छ ।
