शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , माघ २४, २०७८

काठमाडौं,२४ माघ - साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँले कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया