शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य

बुधवार , माघ १२, २०७८

काठमाडौं १२ माघ- नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३०० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यो पनि हेर्नुहोस

यस्तो छ आज माघ १२ गते बुधवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१२ माघ – नेपाल राष्ट्र बैंकले आज माघ १२ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८५ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र विक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८० पैसा र विक्रीदर ८९ रुपैयाँ २४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र विक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४८ पैसा र विक्रीदर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८६ पैसा र विक्रीदर १२ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३३ पैसा र विक्रीदर १५ रुपैयाँ ४० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९४ रुपैयाँ ६० पैसा र विक्रीदर ३९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१८ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया