काठमाडौं , १० माघ- नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । आइतबार सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । हिजो चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ
यो पनि हेर्नुहोस
यस्तो छ आज माघ १० गते सोमवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१० माघ – नेपाल राष्ट्र बैंकले आज माघ १० गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र विक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र विक्रीदर १३५ रुपैयाँ ३९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ०० पैसा र विक्रीदर १६१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ३० पैसा र विक्रीदर १३० रुपैयाँ ९६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र विक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३९ पैसा र विक्रीदर ९४ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३२ पैसा र विक्रीदर ८८ रुपैयाँ ७७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र विक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३७ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २५ पैसा र विक्रीदर १५ रुपैयाँ ३३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ ९५ पैसा र विक्रीदर ३९४ रुपैयाँ ९४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ०७ पैसा र विक्रीदर ३१६ रुपैयाँ ६६ पैसा रहेको छ ।