काठमाडौं ०७ माघ – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि हेर्नुहोस
यस्तो छ आज माघ ०७ गते शुक्रवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,०७ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०७ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र विक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र विक्रीदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०१ पैसा र विक्रीदर १६२ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९१ पैसा र विक्रीदर १३० रुपैयाँ ५६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०० पैसा र विक्रीदर ८६ रुपैयाँ ४३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र विक्रीदर ९५ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३२ पैसा र विक्रीदर ८८ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र विक्रीदर १० रुपैयाँ ४५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३९ पैसा र विक्रीदर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०५ पैसा र विक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ २७ पैसा र विक्रीदर ३९५ रुपैयाँ २६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३१७ रुपैयाँ ०४ पैसा रहेको छ ।