काठमाडौं,०६ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०६ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७९ पैसा र विक्रीदर ११९ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र विक्रीदर १३५ रुपैयाँ ३८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ६७ पैसा र विक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ६९ पैसा र विक्रीदर १३० रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र विक्रीदर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १७ पैसा र विक्रीदर ९५ रुपैयाँ ६५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०६ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३३ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र विक्रीदर १३ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २४ पैसा र विक्रीदर १५ रुपैयाँ ३२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ ८४ पैसा र विक्रीदर ३९४ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ १३ पैसा र विक्रीदर ३१६ रुपैयाँ ७२ पैसा रहेको छ ।
