काठमाडौं,०३ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०३ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र विक्रीदर ११८ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रीदर १३५ रुपैयाँ ९७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र विक्रीदर १६२ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४८ पैसा र विक्रीदर १३० रुपैयाँ १४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २९ पैसा र विक्रीदर ८५ रुपैयाँ ७३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ २७ पैसा र विक्रीदर ९४ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र विक्रीदर ८८ रुपैयाँ २८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र विक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र विक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र विक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २० पैसा र विक्रीदर १५ रुपैयाँ २८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९१ रुपैयाँ ९९ पैसा र विक्रीदर ३९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३१५ रुपैयाँ ५१ पैसा रहेको छ ।
