काठमाडौं,१६ पुस – आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ताको शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो पनि हेर्नुहोस
यस्तो छ आज पुस १९ गते आईतवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१६ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १८ गते आईतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र विक्रीदर ११९ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र विक्रीदर १६१ रुपैयाँ १६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०० पैसा र विक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र विक्रीदर ८६ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ २७ पैसा र विक्रीदर ९३ रुपैयाँ ७४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९६ पैसा र विक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४८ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०८ पैसा र विक्रीदर १८ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ २४ पैसा र विक्रीदर ३९४ रुपैयाँ २२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१६ रुपैयाँ २७ पैसा रहेको छ ।
