काठमाडौँ, १५ पुस - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।
यो पनि हेर्नुहोस
यस्तो छ आज पुस १५ गते बिहिवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१५ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १५ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ २८ पैसा र विक्रीदर ११९ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रीदर १३५ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ०१ पैसा र विक्रीदर १६० रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ७४ पैसा र विक्रीदर १३० रुपैयाँ ४० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रीदर ८६ रुपैयाँ ५३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ०१ पैसा र विक्रीदर ९३ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र विक्रीदर ८८ रुपैयाँ ५० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र विक्रीदर १८ रुपैयाँ ८२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७६ पैसा र विक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १३ पैसा र विक्रीदर १३ रुपैयाँ २० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३० पैसा र विक्रीदर १५ रुपैयाँ ३८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ९८ पैसा र विक्रीदर ३९५ रुपैयाँ ९६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१८ रुपैयाँ ०१ पैसा रहेको छ ।