शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

मंगलवार , पौष १३, २०७८

काठमाडौँ, १३ पुस - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ७०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि हेर्नुहोस

यस्तो छ आज पुस १३ गते मंगलवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१३ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १३ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र विक्रीदर १२० रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र विक्रीदर १३६ रुपैयाँ १३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र विक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र विक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र विक्रीदर ९३ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ १६ पैसा र विक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४४ पैसा र विक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६२ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २२ पैसा र विक्रीदर १८ रुपैयाँ ३१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३४ पैसा र विक्रीदर १५ रुपैयाँ ४२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३९७ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ५० पैसा र विक्रीदर ३१९ रुपैयाँ ०९ पैसा रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया