काठमाडौं १२ पुस – साताको कारोबारको दोस्रो दिने सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ रहेको छ ।
आइतबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भइरहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।
यो पनि हेर्नुहोस
यस्तो छ आज पुस १२ गते सोमवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१२ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ११ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र विक्रीदर १२० रुपैयाँ ३४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५३ पैसा र विक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र विक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २४ पैसा र विक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र विक्रीदर ८७ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४६ पैसा र विक्रीदर ९३ रुपैयाँ ९२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०७ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ८९ पैसा र विक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३५ पैसा र विक्रीदर १५ रुपैयाँ ४३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३९७ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१९ रुपैयाँ २० पैसा रहेको छ ।