शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बिहिवार , पौष ८, २०७८

काठमाडौं, ०८ पुस - साताको कारोबारको पाँचौ दिने बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ।

बुधबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।

यो पनि हेर्नुहोस

यस्तो छ आज पुस ०८ गते बिहिवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,०८ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०८ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ५९ पैसा र विक्रीदर १२१ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र विक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २७ पैसा र विक्रीदर १६० रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ४९ पैसा र विक्रीदर १३१ रुपैयाँ १४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३० पैसा र विक्रीदर ८६ रुपैयाँ ७३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४४ पैसा र विक्रीदर ९३ रुपैयाँ ९० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र विक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ १२ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र विक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६२ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ११ पैसा र विक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र विक्रीदर १३ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४६ पैसा र विक्रीदर १५ रुपैयाँ ५४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ १३ पैसा र विक्रीदर ४०० रुपैयाँ ११ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रतिक्रिया