शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बुधवार , पौष ७, २०७८

काठमाडौं,०७ पुस बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।

मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढे को छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५ पैसा कायम भएको छ ।

यो पनि हेर्नुहोस

यस्तो छ आज पुस ०७ गते बुधवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ०७ – नेपाल राष्ट्र बैंकले आज पुस ०७ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ६७ पैसा र विक्रीदर १२१ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र विक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ९६ पैसा र विक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ०६ पैसा र विक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०४ पैसा र विक्रीदर ८६ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ २९ पैसा र विक्रीदर ९३ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ४५ पैसा र विक्रीदर ८८ रुपैयाँ ८९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र विक्रीदर १० रुपैयाँ ६७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र विक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र विक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६७ पैसा र विक्रीदर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र विक्रीदर १३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४७ पैसा र विक्रीदर १५ रुपैयाँ ५५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ४१ पैसा र विक्रीदर ४०० रुपैयाँ ३९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ४१ पैसा र विक्रीदर ३२१ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रतिक्रिया