काठमाडौँ ,२१ मंसिर – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवहायी महासंघले जनाएको छ।
यो पनि यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२१ मंसिर – नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ३८ पैसा र विक्रीदर १२० रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र विक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६१ पैसा र विक्रीदर १६० रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ६० पैसा र विक्रीदर ८५ रुपैयाँ ०२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ०५ पैसा र विक्रीदर ९४ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र विक्रीदर ८८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र विक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४५ पैसा र विक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २० पैसा र विक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २३ पैसा र विक्रीदर १३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४३ पैसा र विक्रीदर १५ रुपैयाँ ५१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ७९ पैसा र विक्रीदर ३९९ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ३१ पैसा र विक्रीदर ३२० रुपैयाँ ९० पैसा रहेको छ ।