शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य : चाँदीको मूल्य स्थिर

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौँ, १७ मंसिर – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।

योपनि यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१६ मंसिर – नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र विक्रीदर १२० रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र विक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०५ पैसा र विक्रीदर १३० रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ११ पैसा र विक्रीदर ८५ रुपैयाँ ५४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ६४ पैसा र विक्रीदर ९४ रुपैयाँ ११ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ५९ पैसा र विक्रीदर ८८ रुपैयाँ ०३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र विक्रीदर १० रुपैयाँ ६३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९१ पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १९ पैसा र विक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र विक्रीदर १३ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३६ पैसा र विक्रीदर १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ७३ पैसा र विक्रीदर ३९७ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ५० पैसा र विक्रीदर ३१९ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया