काठमाडौं, १५ मंसिर- आज छापावाल सुनको मूल्य प्रतितोला र ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।
यो पनि पढनुहोस
यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१५ मंसिर – नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र विक्रीदर १२० रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रीदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३१ पैसा र विक्रीदर १६१ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ६५ पैसा र विक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४७ पैसा र विक्रीदर ८५ रुपैयाँ ९० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३रुपैयाँ ८१ पैसा र विक्रीदर ९४ रुपैयाँ २८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र विक्रीदर ८८ रुपैयाँ २० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २७ पैसा र विक्रीदर १३ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३८ पैसा र विक्रीदर १५ रुपैयाँ ४६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३९८ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१८ रुपैयाँ ९४ पैसा र विक्रीदर ३१९ रुपैयाँ ७५ पैसा रहेको छ ।