शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीका मूल्य घट्यो

मंगलवार , मंसिर १४, २०७८

रासस

काठमाडौँ, १४ मंसिर – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१४ मंसिर – नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ८६ पैसा र विक्रीदर १२० रुपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र विक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ६२ पैसा र विक्रीदर १३० रुपैयाँ २७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६८ पैसा र विक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ०० पैसा र विक्रीदर ९४ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रीदर ८८ रुपैयाँ ०५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र विक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २८ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १९८ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३७ पैसा र विक्रीदर १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३९८ रुपैयाँ ०० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ९४ पैसा र विक्रीदर ३१९ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया