शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं,२७ कात्तिक– नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८० पैसा र विक्रीदर ११९ रुपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रीदर १३८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ४२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र विक्रीदर १३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २५ पैसा र विक्रीदर १५ रुपैयाँ ३२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ०९ पैसा र विक्रीदर ३९५ रुपैयाँ ०८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ०८ पैसा र विक्रीदर ३१६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया