शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बुधवार बढ्यो सुनको मूल्यः चादीको स्थिर

बुधवार , कार्तिक २४, २०७८

काठमाडौँ, २४ कात्तिक – नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मंलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मंगलबार रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मंगलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

यो पनि

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,२४ कात्तिक– नेपाल राष्ट्र बैंकले आज बुघवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ १६ पैसा र विक्रीदर ११८ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ०४ पैसा र विक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६९ पैसा र विक्रीदर १६१ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४७ पैसा र विक्रीदर १३० रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५रुपैयाँ ०३ पैसा र विक्रीदर ९५ रुपैयाँ ५१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ८० पैसा र विक्रीदर ८८ रुपैयाँ २४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र विक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र विक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५० पैसा र विक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र विक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र विक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २८ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८२ पैसा र विक्रीदर १३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ १७ पैसा र विक्रीदर १५ रुपैयाँ २४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९१ रुपैयाँ ७८ पैसा र विक्रीदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ४१ पैसा र विक्रीदर ३१५ रुपैयाँ ०० पैसा रहेको छ ।

प्रतिक्रिया