काठमाडौं २३ कात्तिक - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि
यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,२३ कात्तिक– नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ १३ पैसा र विक्रीदर ११८ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र विक्रीदर १३७ रुपैयाँ २५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र विक्रीदर १६० रुपैयाँ १७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ १३ पैसा र विक्रीदर १२९ रुपैयाँ ७९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ९० पैसा र विक्रीदर ९५ रुपैयाँ ३८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रीदर ८७ रुपैयाँ ९८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र विक्रीदर १८ रुपैयाँ ५७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५० पैसा र विक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र विक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र विक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७४ पैसा र विक्रीदर १३ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ १७ पैसा र विक्रीदर १५ रुपैयाँ २४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९१ रुपैयाँ ४७ पैसा र विक्रीदर ३९३ रुपैयाँ ४६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३१४ रुपैयाँ ९३ पैसा रहेको छ ।